Nepalisreal.net
नेपाली समय
लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु | माओवादीद्वारा प्रम निर्वाचनमा भाग नलिने आफ्नै सभासदसंग स्पष्टीकरण | उत्तरपश्चिमी पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परी कम्तीमा उन्नाइसको मृत्यु, दर्जनौं घाइते | जीता र कल्पनाको घरमै पुगेर सम्मान | म यस्तो श्रीमान मन पराउछु - रश्मी मैनाली, इजरायल | भोटेकोसीमा बस खस्दा ५ जनाको मृत्यु, १० वेपत्ता | माओवादीको कब्जामा रहेका तीन प्रहरी आठ दिनपछि मुक्त | माओवादी सभासद्लाई र्सवस्वसहित जन्मकैद,राष्ट्रपतिले आममाफी दिएर मात्र बचाउन सक्ने | धुमधामका साथ बित्ने भो जीता र कल्पनाको तीज | इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम सम्पन्न, कवियत्री दिप्स शाहको “आगो” विमोचित |
 
समुह
नयन्द्र चेम्जोङ, इजरायल
- खुशी मैनाली, इजरायल
- हरि नेपाली



अनलाईन जनमत
अझैपनि नेपाली कामदारको लागि इजरायलले भिषा खुल्ला नगर्नुको मुख्य कारण के हुन सक्छ ?
नेपाल सरकारको लाचारिपन
नेपाली कामदारको असक्षमता
इजरायललाई कामदारको आवश्यकता नपर्नु
 
अनलाईन रेडियो
अनलाईन समाचार
नेपाली पत्रपत्रिका
 
यात्रा स्मरण - पा. दौलत साकार, इजरायल
   [2010-02-08]

पा. दौलत साकार
नेपाली नँव जागृति सेवाकार्य
तेल अभिभ, जराय

१४ नोभेम्बर ०९, संयुक्त नेपाली चर्चले आयोजना गरेको बेतलेहेम भम्रणमा चार वटा गाडीले करिब दुई सय सहभागीहरुलाई लिएर बिहान ७ बजे तेल अभिभ,रुशेलम हुँदै बेतलेहेम ९ बजे पारिलो बिहानीको मिरर्मिरे रश्मिको किरणसँगै पुगेका थियौं । बेतलेहेम बसपार्कमा केही समय हाम्रो गाडी यात्रा पार्किङको कारण समस्या ग्रस्त भएको थियो । तर पेलिस्ताइन सुरक्षा गार्डहरुले ५ मिनेटभित्र नेटिभिटी चर्चमा पुग्न सकिने जानकारी दिदै रोडमा गाईड गरेकोले सजिलै नेटिभिटी चर्चको आँगनमा हाम्रा यी द्धय पाइलाहरुले श्पर्श गर्न पुगेको थियो । सबै जना भम्रणमा सहभागीहरु भेला भएर नेटिभिटी चर्चको आँगनमा मैंले नयाँ करार बाइबल मति २:१ र लुका २:८-१० पदहरुबाट लघु प्रवचन दिए । सम्पूर्ण भम्रण समुहलाई एकता र सहयोगको भावना दिऊन भनी प्रार्थना पाष्टर विनोद गौतमले र पाष्टर माया सुनुवारले पाष्टर दौलत थुलुङकी छोरी सर्वदा थुलुङको मुटुको अपरेशन सफल होस् भनी जीवित परमेश्वरमा याचना गर्नु भएको थियो । नेटिभिटी चर्चको शालिन ढोका अगाडि सामुहिक फोटो खिचियो । जुन स्मृति बिम्बहरु यादगार स्वरुप धेरैले किनेर लानु भएको छ । नेटिभिटी चर्चमा भित्र प्रवेश गर्नसाथ विभिन्न देशका तिर्थालुहरुको घुइचो भीड हाम्रो अघि धेरै नै थिए । हामी नेपालीहरुको प्रवेले गर्दा शान्तमय यो नेटिभेटी चर्चको भित्री वातावरण नै केही कोलाहलमय पैदा हुदा चर्चको प्रशासकिय कार्यकर्ताहरुले शान्त रहनु भनी बारम्बार भनी रहेका थिए । मित्र नयन्द्र चेम्जोंङ् र म यो चर्चको बारेमा धेरै कुरा गर्दै रह्यो । क्यूमा उभिएर येशु ख्रीष्ट जन्मनु भएको स्थानमा जानु पर्ने भएको कारण धेरै समय प्रतिक्षा गर्नु र मैंले सोंचे जस्तो सबै स्थानहरुको भम्रण गर्न नसकिने हुनाले मैले मित्र नयन्द्रजीलाई त मुखै फोरेर भने, मित्रजी, नेटिभिटी चर्च देखी गयौं । अब अर्को स्थानमा जाऔं भन्दा, उहाँले भन्नुभयो, बेतलेहेम आएर येशू जन्मनु भएको स्थानमा आएर उहाँ जन्मनु भएको ठाउँको तारा नहेरी जानु भनेको भम्रण अधुरो हुनु हो । यसैले जति समय बिते पनि हेरेर जानु पर्छ भन्ने मनसाय व्यक्त गर्नुभयो र म ढुक्क भएँ । दश दश जनाको समूहमा तारा भएको स्थानको छोटो समयको अवलोकन प्रार्थना-स्पर्श गर्न दिएर टम अफ राहेल हेर्न जान भनी हामी बस पार्क लाग्यौं । तर अरबी ड्राइभरले राहेलको चिहानतिर लान हामीलाई त्यति उत्सुकता देखाइनन बरु गैरयहुदीहरुलाई यहुदीहरुले भित्र पस्न दिदैनन् सवामा भन्यो र हामी जिल्ल र बिलखबन्दमा परेका थियौं । त्यसैले हाम्रो गाडी टम अफ राहेल नजाने भएपछि हामीहरु हिरोदियनको प्यालेस हेर्न गयौं । पेटमा मुसो
कुद्दै थियो । हिरोदियन प्यालेसको काखमा सबै जना भेला भएर -आफुसँग ल्याएको खानेकुरा निकालेर खायौं । हिरोदियन दरबार एउटा पहाडको ढिस्को जस्तो देखिन्छ टाढाबाट हेर्दा तर नजिकै गएर हेर्दा पहिलो शताब्दिको आश्चर्यपूर्ण सुरुङ र भग्नावशेष घरका खम्बाहरु देखिन्छन् । दिउसो  २:४५ तिर हिरोदियन प्यालेसको भम्रण सकेर करिब ४:३० बजे तेल अभिभ बलाबाइतको घरमा जानु अतुरताको साथ मान्छेहरुको भीडमा छरप्रस्ट हुन पुग्दछौं । यो मेरो नीजि नयाँ अनुभव र अनुभूतिहरु यसरी लेख्दै जादछु मेरो डायरीमा राती सुतनुभन्दा अघि.........।

स्थान परिचयहरु:


१. परिचय : बेतलेहेम सहर समुन्द्री सतहबाट ७७५ मि. को उचाइमा रहेको छ । यो सहररुशलेमभन्दा ३० मिटर बढी उचाइमा रहेको छ । बेतलेहेमको दक्षिणमा यहुदीया पहाड पर्दछ । बेतलेहेम गाजा क्षेत्रबाट ७३ किमी उत्तरपूर्वीमा, तेलअभिभबाट ५९ किमी दक्षिणपूर्वी र यरुशलेमबाट १० कि.मी. दक्षिणमा पर्दछ भने बेतलेहेमको अनुमानित जनसंख्या ३० हजारमा रहेको छ । बेतलेहेम सन् १९९५ सालबाट प्यालिस्टाइन राज्यको पश्चिमी किनाराको एक मुख्य हर हो । बेतलेहेमको शाब्दिक अर्थ हिब्रु भाषामा रोटी को घर वा (बाइत= घर र लेखेम=रोटी) र अरबिक भाषामा मासु को घर हुन्छ । नोट अंग्रेजीको उच्चारण हुने अक्षर प्रायः हिब्रु भाषामा उच्चारण हुने गर्दछ । जस्तैः हाइफा (खाइफा), होलोन (खोलोन) आदि । बेतलेहेम हर एक आफैमा अलौलिक र गरिमामय हर मानिन्छ । येशू ख्रीष्टको जन्म बेतलेहेममा भएको कारण विश्वको क्रिश्चिनहरु गैरक्रिश्चियन पर्यटकहरु यो हर हेर्नलाई ज्यादै लालयित हुन्छन् । बेतलेहेम द्धितिया राजा दाउदको जन्मभूमि मानिन्छ । सन् ६३७ मा मुस्लिम शासक कालीफाते उमर इवन अल खान्तापले पवित्र भूमिलाई जितेपछि सबै धर्मका मन्दिरहरुलाई सहरमा सुरक्षाको प्रत्याभूति दिएका थिए ।सन् १०९९ मा क्रिश्चियन क्रुसेडरले अधिनस्थल गरेपछि बेतलेहेम सहरको जिर्णोदार गरी ग्रीक अर्थोडक्स पादरीको नियुक्त गरिदिए र एक जना ल्याटीन पादरी पनि राखिदिए । सिरिया र मिश्रको सुल्तान सल्लादऩिले बेतलेहेममाथि विजय प्राप्त गरेपछि ल्याटित पादरी हटाइदिएका थिए । सन् १२५० माम्लुक्सको आगमनसँगै बेथलेहेम हर उजाड हुदै गयो । तर अट्टोमन साम्राटको शासनकालमा यसको पुनः जिर्णोदार गरियो । प्रथम विश्व युद्धमा ब्रिटिश शासकले अट्टोमन शासकलाई हटाएर यो हरलाई सन् १९४७ मा अन्तराष्ट्रिय क्षेत्र घोषणा गरिदियो । सन् १९६७ मा अरब-जरायलल युद्धमा इजराइलले यो हरमाथि कब्जा जमाउन सफल भएको थियो । बेतलेहेमा मुस्लिम जनसंख्या अधिक छ । तर प्यालिस्टाइनी क्रिश्चियनहरुको सबैभन्दा बढी जनसंख्या रहेको हर पनि हो ।  बेतलेहेमको
प्रमुख आय स्रोत भनेको पर्यटन हो । हिउँद याममा विशेष गरेर क्रिसमस नजिक बढी मात्रामा संसारबाट पर्यटकहरु ओइरिन्छन् । विशेष गरेर क्रिश्चियनहरु नेटिभिटी चर्चको धार्मिक दर्शन गर्न आउँदछन् । बेतलेहेममा विशेष ३० वटा होटलहरु, तीन वटा हस्तकला पसलहरु छन् । बेतलेहेमको प्रवेशद्धार नजिकै यहुदीहरुको पुर्खौली जुजुआमा राहेल (राखेल) को चिहान छ ।


२. इतिहास:बेतलेहेमको बारेमा ऐतिहासिक रुपमा इशा पुर्व १४०० अघि अमार्ना अक्षरहरुमा यरुशलेमको राजाले मिश्रको राजालाई प्रभु ! सहायता गर्नुहोस् भनी लेखिएको भेटिन्छ । जहाँ बित-लाहमी का अपिरु जातिले धेरै दुःख दिएको वर्णन गरिएको पाइन्छ । त्यो समयमा कनानीहरुको आफ्नै कला र संस्कृतिको प्रचुर विकास भएको थियो । जुन समयमा यहुदी जातिहरु र प्यालिस्टाइनीहरुको आगमन भएकै थिएन् ।


३. हावापानीः बेतलेहेममा भूमध्यसागरीय हावापानी पाइन्छ । गर्मी याम (मेदेखि सेप्टेम्बरसम्म) मा तातो र सुख्खा हुन्छ साथै दक्षिण नेगेभ मरुभूमिबाट तातो बलौटे र धुलो हावा बहन्छ । अगस्ट सबैभन्दा गर्मी महिना मानिन्छ । हिउँद याम (डिसेम्बर १५ देखि मार्च १५ सम्म)मा जाडो र वर्षा हुन्छ । जनवरी सबैभन्दा जाडो महिना मानिन्छ ।


४. जनसंख्या: बेतलेहेमको कूल जनसख्या २५,२६६ (सन् २००७) मानिन्छ बेतलेहेमको केन्द्र सहर सबैभन्दा पुरानो सहर मानिन्छ जहाँको जनसंख्या करिब ५ हजार रहेको छ । सन् १९४८ सम्ममा क्रिश्चियनहरुको जनसंख्या ८५% रहेको मानिएको तर सन् २००५ बाट नाटकिय ढंगबाट दिनप्रतिदिन क्रिश्चियनहरुको जनसंख्या घट्दै गइ रहेको पाइन्छ ।


५. अर्थतन्त्र: क्रिसमसको अवसरमा हरको मख्य गल्लिहरुमा हस्तकलाहरुका पसलहरु, गरगहनाहरु, मिटाइका विभिन्न परिकारहरु विशेष गरेर बाक्लावा बेचिन्छन् । परम्परागत हस्तकला जुन जैतुनको काठहरुबाट विभिन्न धार्मिक, ऐतिहासिक महत्व झल्किने सामाग्रीहरु बनाएर विक्री गरिन्छ । मदर अफ पअर्ल (मोतीकी आमा) गलामा, औंलीमा लगाउने गहनाहरु बेतलेहेमको गरिमा हुन भनेमा कुनै अत्युक्ति हुदैन् । मार्वल, टक्सटाइल, फर्निचर, प्लाष्टिक, रबर मदिरा आदि उत्पादन गरिन्छ ।


७. पर्यटन:बेतलेहेमको प्रमुख आम्दानी पर्यटन व्यावसाय नै हो । नाटीभिटीको चर्च (CHURCH OF NATIVITY)पर्यटकीय अर्कषण र अर्थतन्त्रको स्पदन हो ।


८. शिक्षा: बेतलेहेममा करिब ८४% जनसंख्या साक्षारता छन् । सन् २००६ मा १३५ विद्यालयहरु रहेको पाइन्छ । १०० वटा विद्यालयहरु प्यालिस्टाइन शिक्षा मन्त्रालयबाट,७ वटा विद्यालयहरु संयुक्त राष्ट्र संघको सहायता कोषबाट २८ वटा नीति विद्यालयहरु सञ्चालनमा छन् । बेतलेहेम युनिर्भसिटी नीजि उर्वर शिक्षा हासिल गर्ने विश्वविद्यालय मानिन्छ ।


९. यातायतः बेतलेहेममा तीन वटा बस स्टेशनहरु छन् । नीजि सानाठूला बसहरुले बिशेष गरेर, बेइत जाला, बेइत साहोउर, नाहालीन, बेइत फाजर, हेब्रोन र यरुशलेम सहरहरुमा यातायत सेवा प्रदान गर्दै आइ रहेको पाइन्छ । दूई वटा ट्याक्सी स्टेशनहरु छन् जसले बाइत साहोउर, बाइत जाला र यरुशलेममा सेवा प्रदान गर्दछन् । भाडाका कारहरु पनि मुराद र ओरादीमा पाइन्छ । पश्चिमी ब्याङ्कको सवारी चालक पत्रले इजरायलमा प्रवेश गर्न पाइदैन् ।


१०. बाइबलीय समयः बेतलेहेम यहुदाको पहाडी क्षेत्रमा अवश्थित छ । बाइबलीय वर्णन अनुसार इफ्रात भूमि हो जसको अर्थ उर्वर भूमि हुन्छ । पहिलो पटक यहुदीहरुको पवित्र बाइबल तानाखमा यसरी वर्णन गरिएको पाइन्छ । अब्राहमको नाति याकुबको श्रीमति राखेल (राहेल)को यात्रा क्रममा नै बच्चा जन्माउने प्रसवव्यथा लागेर यहि ठाउँको नजिकै बच्चा (कान्छा छोरा बेन्जामीन) लाई जन्म दिएर मरेकी थिइन र याकुबले यहि बेतलेहेमको छेवैमा चिहान बनाएर दफन गरेका थिए (उत्तति ४८:७)। बाइबल रुथको पुस्तक अनुसार नाओमीकी कान्छि बुहारी मोआबी रुथले बेतलेहेमको पूर्व उपत्यकाको उर्वर बोजको खेतमा जौंको शिलाबाला खोजेर सासू नाओमीलाई दिएकी थिइन् । राजा दाउदको जन्मोस्थलो जहाँ पुजाहारी सामुएलले राजा दाउदलाई अभिषेक गरि दिएका थिए । एक पटक युद्धताका अडुल्लामको आडारमा तीर्खाले प्याक२ पर्दा तीन वीरहरुले ज्यानको बाजी लगाएर बेतलेहेमको कुनै कुवाबाट पानी ल्याएर राजा दाउदालाई दिएका थिए राजा दाउदले सो पानी पिउन इन्कार गरेका थिए ।रोमी शासन कालमा बेतलेहेमा रोमी सम्राट कन्स्टाइनकी आमा हेलेनाको मनोइच्छा पूरा गर्न सन् ३२६ मा पवित्र नाटीभिटी चर्च निर्माण गरियो । जुन चर्चमा प्रभु येशु ख्रीष्टको जन्मोस्थलो भएको विश्वास गरिन्छ ।


११. ख्रीष्ट जन्मेको स्थान (CHURCH OF NATIVITY): संसारको सबैभन्दा पुरानो चर्च मानिन्छ । यो चर्च एक गुफा भित्र निर्माण गरिएकोछ ।चर्चको प्रशासनिक कार्यहरु त्रय रोमन क्याथोलिक, ग्रीक अर्थोडक्स र अर्मेनियन सम्प्रादयहरु मिलेर गर्दछन् । यो चर्चको ठिक विपरीत दिशामा मुस्लिम शासक अमर ( ५८१-६४४ सन्)ले मस्जिद निर्माण गरिदिए र उनैको नामबाट सो मस्जिदलाई मोसाने अमरको मस्जिद भनिन्छ । तर यो मस्जिदको वर्तमान आकृति भने सन् १८६० मा बनाइयो हो ।नेटीभिटी चर्च क्रिश्चियनहरुको एक साझा डुड हो जुन पुरानो क्रिश्चियन शैंलिमा निर्माण गरिएकोछ । चौंथो शताब्दितीर सन्त हेलेनाले सन् ३३४ मा यो (Basilica)विशाल प्रशस्त कक्ष भएको भवन निर्माण गर्न लगाएका थिए । सन् ५२९ मा सामारीतान विद्रोहीले यो बासीलिका चर्च भवन पूर्ण रुपमा नष्ट गरि दिएका थिए । जस्टिनियनको शासनकालमा सन् ५२७-६५ मा पहिलेकै स्थानमा आज देखिएको नेटिभिटी चर्चको पुननिर्माण गरिएको हो ।नेटिभिटी चर्चमा प्रवेश गर्दा एक ढोका छ जसलाई (Humility)नम्रता-ढोका भनिन्छ । यो ढोकाको नामबाट नै थाहा लाग्छ कि जब तपाई यो ढोका हुदै बासिलिकाभित्र प्रवेश गर्न चाहानुहुन्छ भने आफ्नो शिर निहुराउनु पर्दछ । नभए टाउको फुट्ने डर हुन्छ   नेटिभिटी चर्चको शुरुमा तीन वटा ढोकाहरु तर पछि गएर दुई वटा ढोकाहरु चर्चको भित्तासँगै गाभिएको छ । यो नम्रता ढोका अट्टोमोनको शासनकालमा पहाडी घोडेवालहरुलाई रोक्न निर्माण गरिएको हो ।यो चर्चको भित्री भागमा ऐतिहासिक र धार्मिक विश्वासको येशुको जन्म भएको गुफा मानिन्छ । जहाँ येशुको जन्म भएको स्थानमा मार्वल विछ्याएको छ र चादीको १४ कुना भएको ताराको वेदी निर्माण गरिएको छ । १५ वटा चाँदीका बत्ति बाल्ने दियोहरु झुण्डाइएका छन् जुन दियोहरुले १५ विभिन्न क्रिश्चियन सम्प्रादयहरुको प्रतिनिधित्व गर्दछ तारा भएको स्थानबाट विपरीत दिशातर्फ तीन खुडकिला तल झरेमा डुडको वेदीमा पुगिन्छ । बालक येशुको जन्म भएपछि यो स्थानमा राखिएको विश्वास गरिन्छ । एउटा अर्को वेदी पनि निर्माण गरिएको छ जुन वेदीचाहि पूर्वका ज्ञानी ज्योतिषीहरुप्रति श्रद्धास्वरुप निर्माण गरिएको हो । गुफा ९न्चयततय० येशू ख्रीष्टप्रति विश्वासका श्रद्धा चढाउनेहरुले मैन-बत्तिहरु बालेर मैनबत्तिको ज्योतिमा सजिसजाऊ देखिन्छ । गुफाको भित्ताहरुमा सन्तहरुको पेन्टिङ्ग फोटोहरु, बुट्टाहरु कुदिएका र सुन, चादी र बहुमूल्य धातुहरुले सजिएका छन् । यहाँ आउने श्रद्धालुहरुले रुपैया-पैसा, गर-गहनाहरु भेटी स्वरुप चढाउने गर्दछन् । गरिमामय इतिहास बोकेको यो पुरानो नेटिभिटीको चर्च वर्तमान आधुनिक चर्चहरु र भवनहरुको निर्माण भएको कारण त्यति राम्ररी देख्न सकिन्न । यसको उत्तरतर्फ द फ्रान्सिसकन कभनेन्ट चर्च, दक्षिणपश्चिममा ग्रीक अर्थोडक्स चर्च र आधुनिक भवनहरु भएको कारण यहाँबाट टाढा दृश्वालोकन गर्न सकिदैन् ।


११. दूधको गुफा चर्च (MILK GOTTO CHURCH: मिल्क ग्रोटो चर्च नेटिभिटी चर्चबाट केही मिनेटमा नै हिडेर पुगिन्छ । यसलाई कन्या मरीयमको गुफा (Grotto of the lady Mary) पनि भनिन्छ । ग्रोटो वा गुफाको माथिल्लो तल्लामा फ्रान्सिसकन सानो चर्च भवन निर्माण गरिएकोछ । किंवन्दती अनुसार युसुफ, मेरीयम र बालक छोरा यहि ग्रोटोमा लुकेर मिश्र देश भागेका थिए रे   बालक येशूलाई हतारमा दूध पिलाउँदा केही थोपा दूध भुईमा खस्न पुग्यो । भुईमा दूध खसेको केही समयमा नै सम्पूर्ण भूई सेताम्मे रंगमा परिणत हुन पुग्यो । मिल्क गुफा चर्च नरम सेतो चट्टानमा ५ औं शताब्दिमा निर्माण गरिएको छ । क्रिश्चियन र मुस्लिम दुवै धर्मलम्बीहरु के विश्वास गर्छन् भने यो गुफा चर्चको सेतो भित्ताको चट्टानलाई खोस्रने हो भने दूध जस्तै सेतो धुलो निस्कन्छ । यो धुलोलाई पानीमा मिसाएर शंका नगरी पियो भने बच्चा नहुने हिलाहरुको कोखमा गर्भ रहने र विभिन्न रोगहरुबाट अमलेख हुने विश्वास गर्दा रहेछन् । एक जना इण्डियाका भाइ, बहिना संगीता राईलाई घुमाउँन लादा सो कुरा थाहा पाएर संगिता बहिनी र मैंले गुफा चर्चको चट्टानको छाना औंलीहरुले खोस्रेर ल्याएका छौं । तर सो चर्चको प्रशासनले क्षयीकरण हुने भएको कारण यस्तो कार्य गर्न निषेध गरेको रहेछ । यो स्थानमा विश्राम गरेर मिश्र देशतिर भाग्न लाग्दा आमा मरियमले बालक येशुलाई छातीमा टासेर दूध खुवाएको पेन्टिड्ड फोटो यथार्थवादी लाग्दछ । जुन आमाको चोखो माया ममता र दया पोखिएको पेन्टिङ्ग देख्न पाईन्छ । मरियमको पवित्र दूध चङ्गाइको शक्ति आश्यर्य रुपले हुने विश्वास गरिन्छ । यो १४-१५ शताब्दीमा पेन्टिङ्ग गरिएको बिम्ब हो ।


१२. गोठालो मैदान (SHEPHERD FIELD): सानो ट्याक्सिमा बेतलेहेमबाट ओरालो लाग्नु पर्दछ बाइत साहोउर सहरतर्फ ५ मिनेट पछि नै सडका दायाँबायाँ उर्बरा भूमि देखिन्छ । जसलाई बोजको बारी भनिदो रहेछ । जहाँ रुथले जौं सिलाबाला खोजेकी थिइन् । किबन्दंन्ती अनुसार यही खेतको पूर्वतिरको गाउँको खुल्ला मैदानमा राती भेडालाई रेखदेख गरी रहेका गोठालोहरुलाई स्वर्गदूतले, नडराओ, किनभने हेर, म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरुका निम्ति हुनेछ । आज दाउदको तिमीहरुको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । (लुका २:१०-११)


१३. राखेलको चिहान (TOMB OF RACHEL) : यहुदी धर्ममा राखेल वा राहेलको चिहान तेस्रो पवित्र स्थल मानिन्छ । यो पश्चिमी किनारा वा बेतलेहेम नजिकै पर्दछ । धेरै वर्षसम्म राखेलको चिहान यहुदीहरुको तिर्थस्थलको रुपमा रह्यो विषेश गरेर बच्चा नजन्माउने महिलाहरु यहाँ जाने गर्दछन् । यहुदी महिना चेशभानको ११ तारिक यहाँ आएर राहेलको शतबार्षिक मनाउँदछन् । बाइबल अनुसार कनानको यात्रामा रह्दा याकुबकी कान्छि श्रीमति राहेलले दोस्रो बच्चा बेन्जामिन