Nepalisreal.net
नेपाली समय
नेपालमा गरिवी संख्या ७० लाख मा झर्यो | इस्लामिक धर्म ग्रन्थ कुरान जलाउने कार्यक्रम रद्द | राष्ट्रिय जनमोर्चा नेपालको वैठकका निर्णय सार्वजनिक | नेपाल झैँ अमेरिकाको कोलोराडो शहर "तीज" पर्वले प्रफुल्लित | पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली | मायाँजालमा पार्न अपहरणको नाटक | कोकाकोलामा किरा | फोहोर फेरी वजारमै थुप्रिने निश्चित | तीज विशेष सांस्कृतिक कार्यक्रमकोलागि कलाकारहरु इजरायलकोलागि प्रस्थान, शनिवारको कार्यक्रम पनि नमाल तेलअभिव मै गरिने | सम्पर्कविहीन इन्जिनियर चितवनमा भेटिए |
 
समुह
-खुसी मैनाली, इजरायल
-सीता बराल
नयन्द्र चेम्जोङ, इजरायल



अनलाईन जनमत
अझैपनि नेपाली कामदारको लागि इजरायलले भिषा खुल्ला नगर्नुको मुख्य कारण के हुन सक्छ ?
नेपाल सरकारको लाचारिपन
नेपाली कामदारको असक्षमता
इजरायललाई कामदारको आवश्यकता नपर्नु
 
अनलाईन रेडियो
अनलाईन समाचार
नेपाली पत्रपत्रिका
 
रक्सीः रमाइलोभन्दा बिस्मात बढी
  
[2010-03-10]

 - लक्ष्मण अधिकारी

रक्सी पिउँदा मानिसलाई जति रमाइलो आनन्दको महसुस हुन्छ यसले दिने परिणाम पनि त्यत्तिकै हानिकारक हुन्छ तैपनि क्षणिक आनन्दका लागि मानिसहरु रक्सी पिउने गर्छन् ।रक्सीले मानव शरीरमा पार्ने घातक असरहरुका बारेमा अनुसन्धानकर्ताहरुले थप नयाँ-नयाँ तथ्यहरु र्सार्वजनिक गरिरहेका छन् साथै रक्सी सेवन सुरु गर्ने मानिसको संख्या पनि दिनानुदिन बढिरहेको रक्सी उत्पादक कम्पनीहरुले युवा पुस्तालाई लक्ष्य गरी आक्रामक बजार पर््रवर्द्धन गर्नाले युवा पुस्ताहरु धेरै नै भ्रमित भएर जोखिमपूर्ण रक्सी सेवनतिर होमिदै छन् यसले उनीहरुको शारीरिक, मानसिक विकास, व्यक्तित्व विकासमा अवरोध पुगिरहेको , साथै विभिन्न दर्ीघरोगको सिकार भएर परिवार समाजमा नै बोझ बन्दै छन् मानिसहरुका निम्ति सेवनकै लागि उत्पादन गरिएको मानिसलाई सबैभन्दा धेरै हानि पुर्याउने वस्तुमध्येमा रक्सी सम्भवतः एक नम्बरमै आउँछ

 रक्सीलाई राज्यले राजस्वको एउटा प्रमुख स्रोतका रुपमा लिएको तर  रक्सीको राजस्वबाट जति रकम प्राप्त हुन्छ, त्योभन्दा कैयौं गुणा बढी रकम रक्सी सेवन गर्ने मानिसको उपचारका लागि राज्यले व्यहोर्नुपरेको हुन्छ यस कारणले पनि रक्सी प्रोत्साहन गर्नुपर्ने उत्पादनभन्दा नियन्त्रण गर्नुपर्ने वस्तुका रुपमा रहेको किनभने रक्सीले शरीरको कुनै पनि अंगलाई रोगी बनाउनबाट छोड्दैन, साथै यसले व्यक्तित्वमा गडबडी ल्याउने, पारिवारिक सामाजिक जीवनसमेत तहसनहस पार्ने गर्छ

आमाको गर्भदेखि नै रक्सीबाट पीडा

आधुनिक महिलाहरुमा रक्सी सेवन गर्ने बढ्दो प्रवृत्तिले गर्दा आजको पुस्ता गर्भको भ्रूण अवस्थादेखि नै रक्सीको असरबाट मुक्त छैन गर्भवती आमाले रक्सी सेवन गर्दा आमालाई मात्र होइन गर्भको भ्रूणलाई पनि विभिन्न असर गरिरहेको हुन्छ

वरिष्ठ बालरोग विशेषज्ञ डा. विष्णु पण्डित भन्नुहुन्छ- र्ँगर्भवती महिलाले अधिक रक्सी सेवन गरेमा बच्चा विकला हुने सम्भावना ५० प्रतिशतसम्म हुन्छ बच्चा खुँडे हुने, नाक थेप्चिएको हुने, माथिल्लो ओठ पातलो हुने, नबढ्ने, दुब्लो-पातलो हुने, सुस्त मनस्थितिको हुने, बामपुड्के हुने, आँखा, मिर्गौला, गुप्ताको विकृति भएको हुन सक्छ साथै बच्चाको पाचन प्रणाली कमजोर भएको कलेजोको समस्या  (जलग्रह) भएको बच्चा जन्मिन सक्छ

यसका साथै बच्चाको तौल कम हुन सक्छ, महिना नपुगी जन्मिने हुन्छ रक्सीले भू्रणको ज्ञानेन्द्रिय प्रणालीमा असर पर्ने, जन्मिइसकेपछि लामो समय जन्डिस हुने समस्या पनि हुन सक्छ बच्चाको मुटु जननेन्द्रियमा पनि असर पर्न सक्छ

डा. पण्डितका अनुसार शिशुलाई दूध खुवाउने आमाले रक्सी खाएमा दूध कम आउने समस्या हुन्छ साथै किशोरावस्थामा केटाकेटीले रक्सी खान थालेमा उनीहरुको शारीरिक एवम् मानसिक विकासमा अवरोध पुग्छ, बुद्धि तीक्ष्ण हुँदैन आईक्यू (IQ) कमजोर हुने, स्मरणशक्ति कमजोर हुने, तुरुन्तै बिर्सनेजस्ता समस्याहरु देखिन्छन्

हटाउन नसकिने समस्या

सामान्यतया वयष्क मानिसहरुले कहिलेकाहीँ अलिकति रक्सी खानुलाई त्यति हानिकारक मानिएको छैन तर नियमित खाने, कहिलेकाहीँ खाँदा पनि अत्यधिक खाने गर्नाले शरीरमा प्रत्यक्ष हानि पुर्याउँछ रक्सी सेवनको लत लागेर दर्ुर्व्यसन नै भएपछि यसले व्यवहारमा नै परिवर्तन ल्याउँछ यो दर्ीघ समस्याका रुपमा रहन्छ यसलाई हत्पती हटाउन सकिन्न यसले मानिसको कार्यक्षमता घटाउने, आम्दानी घटाउने, खर्च बढाउने विभिन्न किसिमका शारीरिक-मानसिक रोग बढाउने हुन्छ

स्नायु प्रणालीमा गम्भीर असर

रक्सीको सबैभन्दा बढी असर स्नायु प्रणालीमा पर्छ रगतमार्फ दिमागमा पुगेर रक्सीले मानिसको व्यवहार, विवेक समन्वयलाई असन्तुलित बनाउँछ बराबर रक्सी खाइरहँदा दिमागलाई क्षति पुर्याउँछ नसाहरु झमझम हुने, कमजोरी हुने नसाले भर नपाउने हुन्छ धेरै रक्सी लागेका बेला मानिसले भनेको कुरा बिर्सन्छ, कहिलेकाहीँ पुरानो कुरा सम्झन्छ, होस आएपछि त्यो अवस्थाका धेरै कुरा सम्भँmदैन रक्सीले बेहोस हुने, छारेरोगजस्तो हुने हुन्छ रक्सी छाडेपछि पनि कतिलाई बेहोस हुने समस्या हुन्छ

मुटुरोगीले रक्सी खानु कति उचित ?

स्नायु प्रणालीपछि रक्सीले सबैभन्दा बढी असर पार्ने मुटुलाई हो वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ- 'स्वस्थ मानिसले अलिकति रक्सी खाएमा रक्तचाप घटाउँछ, मुटुको धड्कन बढाउँछ, खुशी अनुभव गराउँछ दिमाग शान्त पार्छ तर रक्सीको मात्रा बढ्दै गएपछि रक्तचाप बढ्न थाल्छ, मुटुको धड्कन पनि बढ्न थाल्छ धड्कनमा गडबडी आउँछ ।'

उहाँका अनुसार रक्सी बारम्बार खाइरहँदा यसका दिर्घकालिन असरहरु देखिन थाल्छन् रक्सीले मुटुको मांसपेशीलाई कमजोर पार्न थाल्छ क्रमशः मुटु सुन्निन थाल्छ मुटुको पम्प गर्ने क्षमतामा ह्रास आउँछ हार्टफेल हुने सम्भावना हुन्छ यसलाई अल्कोहलिक कार्डियो मायोप्याथी भनिन्छ निरन्तर रक्सी खाइरहँदा कोलेस्ट्रोलको एउटा भाग -ट्राइग्लाइसेराइड) बढाउँछ यो बढ्दा हृदयघात हुने सम्भावना बढ्छ

डा. रेग्मी भन्नुहुन्छ- 'रक्तचाप भइरहेको हृदयघातको सम्भावना भएको मानिसले कहिलेकाहीँ अलिकति रक्सी खाएमा हानि हुँदैन भनिएको तर मात्रा बढाउँदै लगेमा हानि पुग्छ रक्तचाप धेरै भएको मानिसले रक्सी धेरै खाएमा मस्तिष्कघात हुन सक्छ

एक अध्ययनअनुसार ३० प्रतिशत रक्तचाप रक्सी सेवनका कारण हुन्छ रक्सी खान छोडेपछि सामान्य अवस्थामा आउन सक्छ नियमित मात्रामा रक्सी खाइरहने हो भने उच्च रक्तचापको औषधि खाएर पनि काम लाग्दैन धेरै रक्सीबाजहरुको मृत्यु अत्यधिक रक्सीको सेवनबाट उत्पन्न हुने विषाक्तताबाट हुने गर्छ रक्सी सेवन नगर्ने मानिसभन्दा जँड्याहाहरुको हृदयघातको सम्भावना तीन दोब्बर बढी हुन्छ मुटुमा बोसो जम्ने, रगतको ढिक्का भएर मुटुमा प्रहार हुन्छ

कलेजो मिर्गौलामा असर

स्नायु प्रणाली मुटुपछि रक्सीले कलेजोलाई असर गर्छ यसको दर्ीघकालीन असर निकै घातक हुन्छ मिर्गौलालाई चाहिँ यसले अप्रत्यक्ष असर गरे पनि प्रत्यक्ष असरचाहिँ नगर्ने वरिष्ठ फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउनुहुन्छ

डा. काफ्ले भन्नुहुन्छ- ँरक्सी बराबर खाने मानिसको रोग-प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ पोषणको कमी हुने, संक्रमण हुने हुन्छ मिर्गौला रोग लाग्ने सम्भावना बढ्छ यदि दूषित रक्सी खाएको भनेचाहिँ सीधै असर गर्छ

मिर्गौला प्रत्यारोपण गरेका डायलासिस गरिरहेका व्यक्तिले चाहिँ मदिरा सेवन गर्न नहुने डा. काफ्लेको सुझाव उहाँ भन्नुहुन्छ- ँमिर्गौला प्रत्यारोपण गरेको व्यक्तिको शरीर त्यसै पनि कमजोर भएको हुन्छ त्यसमा पनि मिर्गौला प्रत्यारोपणपछि उच्च मात्रामा औषधि खाने हुनाले कलेजोलाई असर पारिरहेको हुन्छ रक्सी खाएमा कलेजो मिर्गौला दुवैलाई झन असर गर्छ

डा. काफ्लेका अनुसार रक्सी खाइरहँदा कलेजोलाई प्रत्यक्ष असर पर्छ जन्डिस  -अल्कोहलिक हेपाटाइटिस) हुन्छ

रक्सी निरन्तर खाइरहेमा कलेजो फेल भएर मृत्यु हुन सक्छ नियमित रक्सी खाइरहँदा कलेजोका कोषहरु क्षति हुन्छन् यसैबीच रक्सी खान छोडेमा कलेजोका कोषहरु वृद्धि भई मानिस स्वस्थ हुन सक्छ, तर निरन्तर रक्सी खाएमा धेरै कोषहरु नोक्सान भएर कलेजोले काम गर्न छोड्छ कलेजो प्रत्यारोपण गर्नुपरेमा भारतमा गर्दा ३०/४० लाख रुपियाँ लाग्न सक्छ त्यसैले रक्सी सेवनबाट अलग रहनु नै उचित हुन्छ

पाचन प्रणाली  कमजोर हुन्छ

नियमित रक्सी खाने मानिसको पाचन प्रणाली निकै कमजोर हुन्छ यदि कुनै व्यक्तिले सय मिल्रि्राम रक्सी खाएमा उसको पाचन प्रणाली ठीक हुन एक हप्ता लाग्छ तर सधैँ खाइरहेमा ठीक हुनुको सट्टा ब्रि्रँदै जान्छ रक्सी नियमित खाने वा बढी खाने मानिसलाई वाकवाकी लाग्ने, उल्टी हुने, पेट फुल्ने, पेटको माथिल्लो भाग दुख्ने, डकार आउने, दिसाबाट रगत आउने -अल्सरका लक्षण) हुन्छ यसले ग्यास्ट्राइटिसलाई उत्तेजित पार्छ रक्सीले अमलपित्त हुने भएकालाई बढ्ने, दर्ीघ अमलपित्त भई अल्सर हुन सक्छ बढी रक्सी खानेलाई पाचन प्रणालीको जुनसुकै ठाउँमा क्यान्सर हुन सक्छ

मानिसले खाएको खानाको सम्पूर्ण अन्तरदहन प्रक्रिया कलेजोबाट सुरु हुन्छ रक्सीको सेवनले कलेजोमा बोसोका तन्तुहरु थुप्रिने हुन्छ, पेटको दाहिने भागमा दुख्ने, भोक नलाग्ने हुन्छ रक्सीको नियमित सेवनले जन्डिस भएमा धेरै कमजोर हुने, खाना नपच्ने, भोक नलाग्ने हुन्छ कलेजोको दर्ुबलताबाट मानिसलाई १० देखि ३० प्रतिशतसम्म रोग लाग्न सक्छ धेरै रक्सी खानेलाई जन्डिस, जलग्रह, सिरोसिस वा क्यान्सरमध्ये कुनै कुनै रोग भएको पाइन्छ

रक्सीले बाथरोग पनि बढाउँछ

रक्सीको सेवनले बाथरोग पनि बढाउँछ सुसुप्त अवस्थामा रहेको बाथरोग पनि रक्सीले ब्यूँताइदिन्छ हाडभित्रको तन्तु ९द्ययलभ ःबचचयध० लाई पनि क्षति पुर्याउँछ

वरिष्ठ हाड-जोर्नी रोग विशेषज्ञ डा. सरोजकृष्ण श्रेष्ठ भन्नुहुन्छ- ँरक्सीले नसा कमजोर पार्छ, ढाड दुख्ने, खुट्टा दुख्ने, जोर्नीहरु दुख्ने, हात-खुट्टाका औंलाहरु दुख्नेजस्ता समस्याहरु हुन्छन् यसैका कारण हड्डी कमजोर हुने, हड्डी मकाउने -अस्टियोपोरोसिस), हाड खिइने शरीरमा करेन्ट लागेजस्तो हुन्छ

डा. श्रेष्ठका अनुसार युरिक एसिड भएको मानिसले बराबर रक्सी खाएमा युरिक एसिड बढाउँछ खासगरी वाइन बियरले युरिक एसिड बढाउँछ अन्य प्रकारका रक्सीले पनि युरिक एसिड बढाउँछ

अत्यधिक मदिरापानले शरीरमा चिनीको मात्रा कम हुनुका साथै शरीरमा बन्ने चिनी पनि कम हुन्छ अनुहार रातो हुने, पसिना आउने, नाडी छिटो-छिटो चल्ने, खुट्टा लर्बराउने, छटपटी हुने बेहोस हुने हुन्छ यस्तो अवस्थामा १० प्रतिशत बिरामीको चिनीको कमीबाट मृत्यु हुन सक्छ

यौन दर्ुबलता आँखाको कमजोरी

अत्यधिक रक्सी सेवन गर्ने मानिसमा यौनचाहना कम हुने, यौन शिथिलता हुने, चिसोपन हुने हुन्छ यस्ता मानिसहरु निःसन्तान हुने सम्भावना हुन्छ लोग्ने मानिसको स्तन बढ्ने, आइमाईको स्तन सानो हुने पनि हुन्छ मादक पदार्थ सेवन गरेका बेला विवेक गुमाउने भएकाले बलात्कार, यौनहिंसा, अनैतिक यौनसम्बन्धका घटना बढी हुने गर्छन्

मादक पदार्थको नियमित सेवनले आँखा कमजोर हुने, चश्मा लगाउने मानिसको चश्माको पावर घट्दै जाने, आँखा धमिलो हुने आँखाले वरिपरि देख्ने क्षेत्र पनि घट्दै जाने हुन्छ छाला खस्रो हुनु, सुन्निनु, दाँतबाट रगत आउनु पनि रक्सी सेवनका परिणाम नै हुन्

मानसिक समस्या

रक्सीकै कारण कतिपय मानसिक तथा बौद्धिक समस्याहरु पनि देखिन्छन् यसले थरथर काम्ने, कानमा के-के आवाज आएको जस्तो हुने, टोलाइरहने हुन्छ रक्सी खाने मानिसले एक्कासि रक्सी छोडेमा यस्ता लक्षण देखिन्छन् यस्ता मानिसको मति भ्रम तथा कानमा अनावश्यक हल्ला भइरहेको भान हुन्छ मादक पदार्थको बढी सेवन गर्ने मानिसमा नैराश्यता बढी हुन्छ यसै कारणले पनि अन्य मानिसले भन्दा रक्सी खाने मानिसले ५० प्रतिशत बढी संख्यामा आत्महत्या गरेको पाइन्छ

रक्सी खाने मानिसमा सुरुमा चिन्ता घटेको अनुमान हुन्छ तर पछि गएर यसैका कारण चिन्ता बढ्छ धेरै रक्सी खाने मानिस अनावश्यक अरुको इष्र्या गर्ने, स्त्रीमाथि शंका गर्ने, अरुले काम गरेको पनि देखी नसहने, घमण्डी हुने हुन्छ यस्ता मानिसको रिस बढ्दै जाने भएकाले समाजमा सफलता पाउन पनि कठिन हुन्छ अहिले ५० प्रतिशत दुर्घटनाको कारण पनि मादक पदार्थ नै भइरहेको

सामान्य रक्सी लागेमा केही समयपछि आफैं हराएर जान्छ असर छिटो छुटाउन चिसो पानीले नुहाउने, कडा कफी खाने, जबरजस्ती काम गर्ने, उल्टी गर्ने गर्दा फाइदा पुग्छ तर रगतमा पुगिसकेको रक्सीको मात्रा केही गरी पनि कम गर्न सकिन्न कागती-पानी, दही, अचारले भोलिपल्ट हुने रक्सीको ह्याङओभर हटाउन मद्दत गर्छ

रक्सीको दर्ुर्व्यसन भएकालाई लामो उपचारबाट छुटाउन सकिन्छ मानसिक रोग विशेषज्ञले यसमा मद्दत गर्न सक्छन्

स्वस्थ मानिसले कहिलेकाहीँ अलि-अलि रक्सी खाँदा रमाइलो अनुभव गराउने खासै हानि नगर्ने भएकाले यसबाट धेरै डराउन जरुरी छैन तर यो लतका रुपमा भयो, दर्ुर्व्यसनी नै बन्न पुग्यो भने यो खतरनाक स्थिति हो एकै पटक धेरै रक्सी पिउनु तथा नियमित रक्सी पिउनु पनि हानिकारक नै हो। यस्ता मानिसले रक्सी खान छोडेमा पनि धेरै फाइदा पुग्छ रक्सी खान सुरु गरेपछि बानी पर्दै जाने मात्रा बढ्दै जाने हुन्छ यसले शरीरका सम्पूर्ण अंग सामाजिक-पारिवारिक सम्बन्धमा असर पार्ने तथा व्यक्तित्वमा नै ह्रास आउन सक्ने हुन्छ रक्सीले रमाइलोभन्दा बढी बिस्मात नै गराउने भएकाले सकेसम्म यो नखानु नै राम्रो होइन ?

पाँच मिनेटमै रगतमा पुग्छ

जब मानिसले रक्सी पिउँछ, यो पेट सानो आन्द्रामा केही पनि नबदलिईकन जस्ताको तस्तै शोषित हुन्छ खाएको पाँच मिनेटमै रक्सी रगतमा पुग्छ दूध चिल्लो पदार्थ खाएको भने यसले रक्सीको शोषण कम गराउँछ तर पेटको अप्रेसन गरेको मानिसमा रक्सी तुरुन्तै शोषित हुन्छ

रगतको प्रवाहमा पुगेपछि रक्सी पिसाब, फोक्सोको सूक्ष्म नलीमा पुग्छ यो धेरैजस्तो कार्बनडाइअक्साइडमा परिवर्तन भएर निस्कन्छ १० प्रतिशतभन्दा कमचाहिँ पिसाब, पसिना सासबाट निस्कन्छ ग्राम रक्सीबाट करिब क्यालोरी शक्ति प्राप्त हुन्छ

शरीरमा ३० मिल्रि्राम रक्सी -अल्कोहल) भएमा मानिस अलि-अलि खुशी हुन्छ ५० मिल्रि्राम भएमा हिँड्डुलमा सामान्य गडबडी हुन्छ सय मिल्रि्राम भएमा देख्ने गरी खुट्टा लटपटिने हुन्छ भने सय मिल्रि्राम भएमा मानिस झुम्म पर्ने बिर्सने हुन्छ सय मिल्रि्राम रक्सी शरीरमा भएमा पूरै ढल्ने अवस्थामा पुग्छ सय मिल्रि्रामले मानिस गहिरो न्रि्रामा पर्छ मृत्युसमेत हुन सक्छ तर सधैँ धेरै रक्सी खाइरहनेलाई यस किसिमको असर नहुन सक्छ बिस्तारै खाई रगतमा रक्सीको मात्रा बढ्दै गएमा पनि यसको असर त्यति धेरै देखिंदैन तर शरीरका विभिन्न अंगमा यसले घातक असरचाहिँ पारिरहेको हुन्छ

रक्सीले उत्तेजना बढाउने होइन, घटाउने गर्छ

रक्सीले हृदयको मांसपेशी खुम्चिन उत्तेजित हुनमा सीधै असर गर्छ विषाक्तताको मात्राको आधारमा मुटुको गति पनि बढ्छ यसका मांसपेशीका इन्जाइमहरुले उत्पादन घटाउँछ रक्सीले स्वादका अंगहरुलाई उत्तेजित पार्ने भएकाले रक्सी खाएपछि भोक बढ्छ यसले मस्तिष्कमा असर गर्ने भएकाले थकाइ मेटिएको अनुभव हुन्छ

रक्सी खाएपछि कहिलेकाहीँ मानिस कराउने, उत्तेजित हुने, बढी चल्ने हुँदा रक्सीले उत्तेजना बढाएजस्तो लाग्छ तर यसले उत्तेजना बढाउने नभई दबाउने गर्छ

रक्सीले विशेषगरी मानिसको चालक कार्य (Motor Function) मा बढी असर गर्छ, ध्यान तथा एकाग्रता घटाउँछ विचार गर्ने क्षमता, बुद्धि लगाउने क्षमता पनि घटाउँछ

EMail : Adhikari2007@yahoo.com

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
     
समूह :जीवन तथा स्वास्थ्य
1.यौनजीवनमा मधुमेहको प्रभाव    (2010-05-31)
2.नेपाली पुरुष महिलाभन्दा सुन्दर छन्    (2010-05-24)
3.कमाउने श्रीमती चाहन्छन् पुरुष !    (2010-04-27)
4.रक्सीः रमाइलोभन्दा बिस्मात बढी    (2010-03-10)
5.मनतातो तेलबाट कपालको स्याहार    (2010-03-01)
6.के तपाँइलाई रुघाखोकी लागेको छ, स्वाइन फ्लुपनि हुन सक्छ होसियार !    (2009-11-18)
7.>>महिलाहरू यौन सम्बन्ध किन राख्छन् ?    (2009-10-13)
8.>>हाइहिलका फाइदा भन्दा वेफाइदा धेरै    (2009-09-21)
 
2010-09-10 - 10:15:13
Currency Buying Selling
USD74.05 74.65 
GBP113.59 114.73 
CHF72.31 73.04 
EUR93.47 94.4 
JPY0.8744 0.8831 
AUD67.86 68.54 
CAD71.2 71.91 
SGD54.93 55.48 
HKD9.47 9.56 
CNY10.7 10.8 
more exchange rates...
उपयोगी लिङक्स
टेलिभिजनहरु
अंग्रेजी समाचारपत्र
© Copyright 2008, Contact us info@nepalisrael.net. All the Right reserved on nepalisrael.net